(नियम १८ को उपनियम (१) को खण्ड (ख) सँग सम्बन्धित)
गाउँ विकास समितिको खर्चको वर्गीकरण र व्याख्या
क) चालू खर्च ः
चालू खर्च शीर्षकअन्तर्गत सालबसाली रुपमा गरिने उपभोग खर्च, दैनिक रुपमा कार्यालय सञ्चालनका लागि आवश्यक खर्च, गाउ“ विकास समितिले सार्वजनिक हितको लागि प्रदान गर्ने सेवा तथा त्यस्ता सेवा प्रदान गर्नको लागि भुक्तानी गरिने अनुदान, ऋण भुक्तानी खर्च, सापटी फिर्ता रकम जस्ता खर्चहरु पर्दछन् । सामान्यतया एक वर्ष भन्दा कम अवधि सम्म खप्ने सामान वा एक वर्ष भन्दा बढी आयु भएका
कार्यालय सामान भएतापनि रु. एक हजार प्रति इकाई भन्दा कम मोल पर्ने सामानको खरीद खर्चलाई पनि चालू खर्चमै वर्गीकरण गरी स्रेस्ता राख्नु पर्नेछ । चालू खर्च भित्र देहायका खर्चहरु पर्दछन् ः–
१. उपभोग खर्च ः
उपभोग खर्च अन्तर्गत प्रचलित कानून बमोजिम कर्मचारी लगायतका पदाधिकारीहरुलाई प्रदान गरिने तलब, कर्मचारीलाई दिने भनी तोकिएको भत्ता, बैठक भत्ता, चियापान, सेवा खर्चहरु, दैनिक तथा भ्रमण खर्च, खाद्य, पोशाक तथा औषधि उपचार खर्च तथा सेवा निवृत कर्मचारीहरुको लागि प्रदान गरिने उपदान, कर्मचारीहरुको वृत्ति विकासका लागि दिईने तालिम तथा गोष्ठी कार्यशाला आदि सञ्चालनका खर्चहरु पर्दछन् ।
१.०१ तलब (कर्मचारी) ः यस रकम भित्र देहायका रकमहरु पर्दछन् ः–
क) निर्धारित नियम बमोजिम कर्मचारीले सेवा गरे वापत पाउने तलब, ग्रेड, संचय कोष र कल्याण कोषको रकम,
ख) कर्मचारीलाई दिईने पुरस्कारको रकम
ग) घर बिदा, विरामी बिदा, सट्टा विदा र दशैं खर्च वापतको रकम,
घ) अवधि तोकी करार सेवामा वा अस्थायी नियुक्ति भएको कर्मचारीले पाउने पारिश्रमिक ।
१.०२ भत्ता ः यस रकम भित्र देहायका भत्ताहरु पर्दछन् ः–
क) नेपाल सरकारले तोकेको भत्ता,
ख) ऐन अनुसार गाउ“ परिषद् वा गाउ“ विकास समितिले कर्मचारी वा पदाधिकारीलाई दिने भनी तोकेको भत्ता र सुविधाको रकम,
ग) गाउ“ विकास समितिमा भएको बैठकको बैठक भत्ता ।
१.०३ सरुवा भ्रमण खर्च तथा दैनिक भत्ता ः यस रकम अन्तर्गत देहायका खर्चहरु पर्दछन् ः–
क) भ्रमण खर्च ः एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा भएको वा दरबन्दी यथास्थानमा राखी काज सरुवा भएको कर्मचारी र निजले नियमानुसार लैजान पाउने परिवारको निर्धारित दरमा सवारी खर्च । त्यस्तै हवाई यात्रा गर्दा लाग्ने हवाई उडान कर, भ्रमण सम्बन्धी बीमा खर्च र नेपाल सरकारबाट स्वीकृत भ्रमण खर्च सम्बन्धी फुटकर खर्चहरु ।
ख) दैनिक भत्ता ः सरुवा भै जाने कर्मचारी वा व्यक्तिले पाउने निर्धारित दररेटको भत्ता ।
१.०४ अन्य उपभोग खर्च ः यस रकम अन्तर्गत देहायका खर्चहरु पर्दछन् ।
क) प्रचलित नियमानुसार गाउ“ विकास समितिले आवश्यक देखेको अवस्थामा बजेटको व्यवस्था समेत मिलाई निर्णय गरी गाविसमा काम गर्ने कुनै व्यक्तिलाई दिईने पोशाक, बुट, जुत्ता, टोपी आदि तथा विदेश जा“दा वा हिमाली क्षेत्रमा रहंदा नियमानुसार पाउने लुगा भत्ता ।
ख) प्रचलित नियमानुसार गाउ“ विकास समितिले आवश्यक देखेको अवस्थामा बजेटको व्यवस्था समेत मिलाई गाउ“ विकास समितिका कर्मचारीहरुका लागि उपलव्ध गराईने खाद्य पदार्थको मोल रसद वापत नगदमा दिईने खर्च, तथा जनावर र पशुपंक्षीहरुको आहार सम्बन्धी खर्च ।
ग) गाउ“ विकास समितिका कर्मचारीहरुलाई नियमानुसार प्रदान गरिने औषधि उपचार वापतको रकम यस शीर्षक भित्र पर्दछ ।
घ) नियमानुसार सेवा निवृत्त पदाधिकारी वा कर्मचारीले पाउने उपदान तथा सेवा निवृत्त सम्बन्धी खर्च ।
ङ) गाउ“ विकास समितिका कर्मचारीको वृत्ति विकास वा क्षमता वृद्धिका लागि दिईने तालिम, गोष्ठि, कार्यशाला सञ्चालन वापतको तालिम खर्च ।
१.०५ पारिश्रमिक (पदाधिकारी) ः प्रचलित नियमानुसार गाविसका पदाधिकारीलाई दिइने तलव, भत्ता वा पारिश्रमिक यस शीर्षकमा खर्च लेख्नु पर्नेछ ।
२. कार्यालय सञ्चालन खर्च ः
यस शीर्षक अन्तर्गत कार्यालयको दैनिक कार्य सञ्चालनका निमित्त अत्यावश्यक खर्चहरु (जुन खर्च विनियोजन नहु“दा कार्यालय सञ्चालन गर्न सकिदैन) पर्दछन् । यसमा खास गरी धारा, विजुली, सञ्चार खर्च, कार्यालय प्रयोजनका लागि आवश्यक मसलन्दहरु, पत्रिका तथा पुस्तकहरु, हुलाक तथा कार्यालयका भौतिक सामानहरु जस्तै सवारी साधन, मेशीनरी औजार आदिमा गरिने नियमित मर्मत खर्चहरु, भाडा, कार्यालयकालागि लिईएका सेवाहरुका खर्च, इन्धन आदि पर्दछन् ।
२.०१ धारा तथा विजुली तथा सञ्चार महसुल ः यस शीर्षक भित्र निम्नानुसारका खर्चहरु पर्नेछन् ः–
क) कार्यालयमा जडान भएको धारा तथा विजुली प्रयोग गरे वापत तिर्नु पर्ने महसुल तथा जडान खर्च एवं यस सम्बन्धी सुविधा खर्च र धरौटी रकम,
ख) टेलीफोन, टेलिग्राम, टेलेक्स, कम्यूटर, फ्याक्स प्रयोग गरे वापत तिर्नु पर्ने महसुल र यस्तै अन्य सञ्चार सम्बन्धी खर्चहरु एवं यस सम्बन्धी सुविधा खर्च र धरौटी रकम ।
२.०२ भाडा ः यस रकम भित्र गाविसको लागि भाडामा लिएको घर, जग्गा, गोदाम, मेशिन, सवारी साधन तथा अन्य यस्तै पू“जीगत सम्पत्ति प्रयोग गरे वापतको भाडा खर्च पर्दछ ।
२.०३ कार्यालय सञ्चालन सम्बन्धी अन्य खर्च ः यस अन्तर्गत देहायका खर्चहरु पर्दछन् ः–
क) चिट्ठी, पार्सल, टिकट, कुरियर, रजिष्ट्री, वीमा तथा फिर्ति रसिदको खर्च,
ख) विज्ञापन, लिलाम, ठेक्कापट्टा, घटाघट, बढाबढ सम्बन्धी सूचना प्रकाशनको खर्च,
ग) बैंक दस्तुर, क्षतिपूर्ति र अन्य यस्तै सेवा खर्च,
घ) मालसामान एक ठाउ“बाट अर्को ठाउ“मा पु¥याउ“दा लाग्ने यातायात र ढुवानी खर्च, तर माल सामान खरीद गरी झिकाउदा लागेको ढुवानी र अन्य खर्च भने सामानको मूल्यमा नै पर्दछ ।
ङ) कार्यालयलाई चाहिने लेटर प्याड लगायत आवश्यक छपाई खर्च,
च) पत्र पत्रिका तथा पुस्तक सम्बन्धी खर्च,
छ) कार्यालयको दैनिक प्रयोगमा ल्याइने कागज, कलम, फाइल, पञ्चि· मेशिन, स्टेपलर पिन जस्ता सामानहरु,
ज) कार्यालय सजावटका सामान जस्तै पर्दा, कार्पेट आदि,
झ) कार्यालय सफाईको निमित्त आवश्यक पर्ने सामान जस्तै कुचो, फिनेल आदि,
ञ) विजुलीको सामान,
ट) ओड्ने ओछयाउने (फर्निचर बाहेक) व्याग जस्ता सामान,
ठ) गाविसका स्थायी सम्पत्ति जस्तै गाडी, मेशीनरी उपकरण, भवन आदिको वीमा खर्च,
ड) माथि उल्लेख गरिएका भन्दा बाहेक एक वर्ष भन्दा कम टिकाउ हुने अरु कार्यालय मालसामानहरु र एक वर्ष भन्दा बढी टिकाउ हुने तर प्रति ईकाई रु. एक हजार भन्दा कम मूल्यका अरु कार्यालय मालसामानहरुको खर्च,
ण) नियमित रुपमा कार्यालयमा प्रयोग हुने मालसामानहरुको सामान्यतया सानातिना मर्मत सम्भार गर्न चाहिने सामान र ज्याला खर्चहरु, तर सवारी साधन वा मेशिनरीको आयु वृद्धि हुने गरी फेरिएको पार्ट पूर्जाको खर्च तथा सामान र सम्पत्तिको स्वरुप परिवर्तन गर्ने मर्मत खर्च पू“जीगत खण्डको सम्बन्धित शीर्षकमा राख्नु पर्नेछ ।
त) गाविसको कार्यालय र कार्यालयको सवारीलाई चाहिने इन्धन (घोडाको दाना समेत) जस्तै पेट्रोल, डिजेल, मोविल, मट्टीतेल व्याट्री आदि इन्धन खर्च,
थ) कार्यालय भवन सरसफाई गर्ने, बगै“चा सम्भार गर्ने, कार्यालयको चिठि ओसार पसार गर्ने, कृषि प्रसार, प्राथमिक स्वास्थ्य सेवाको सुविधा, सवारी चलाउने, टेलिफोन, फ्याक्स, कम्प्यूटर, फोटोकपी मेशिन जस्ता सामानहरुको सम्भार आदि कार्यको सेवा करारमा वा पटके रुपमा प्राप्त गरे वापत दिइने सेवा शुल्क,
२.०४ विविध खर्च ः यस वजेट रकम भित्र देहायका खर्चहरु पर्दछन् ः–
क) स्वीकृत भएका प्रदर्शनी सम्बन्धी खर्च,
ख) प्रतिनिधि मण्डलको स्वागत खर्च र अतिथि सत्कार खर्च,
ग) पूजा आजा खर्च ,
घ) सभा, सम्मेलन, बैठक आदिमा भएको चियापान खर्च,
ङ) अन्य कुनै खर्च शीर्षकमा नपरेको विविध खर्च ।
३. चालू अनुदान ः
यस अन्तर्गत देहायका चालू अनुदान खर्चहरु पर्दछन् ।
३.०१ सामाजिक सेवा अनुदान ः यस अन्तर्गत देहायका रकमहरु पर्दछन् ः–
क) सार्वजनिक संस्थालाई दिइने अनुदान ।
ख) शिक्षण संस्था वा परोपकारी सेवामूलक संस्थालाई दिइने अनुदान सहायता ।
ग) दैवी प्रकोप वा अन्य कारणले पीडित व्यक्तिहरुलाई दिइने सहयोग ।
घ) मठ मन्दिरहरुको सञ्चालनको लागि दिइने सहयोग ।
३.०२ सामाजिक सुरक्षा अनुदान ः यस अन्तर्गत देहायका खर्चहरु पर्दछन् ः–
क) बृद्ध, असहाय, बिधवा व्यक्तिहरुलाई गाविसको तर्फबाट प्रदान गरिने आर्थिक सहायता ।
ख) मृत कर्मचारीको परिवारलाई दिइने सहायता ।
ग) आर्थिक सहायता खर्च ।
तर यस शीर्षकमा अन्यत्रबाट रकमान्तर गराई खर्च गर्न पाइने छैन ।
४. सेवा खर्च ः
यस अन्तर्गत देहायका खर्चहरु पर्दछन् ः–
४.०१ कार्यक्रम खर्च ः यस अन्तर्गत देहायका खर्चहरु पर्दछन् ः–
क) गाविसले कुनै किसिमको कार्यक्रममा खर्च गरी त्यसबाट उपभोक्ता वा गाउ“
विकास समितिलाई आम्दानी प्राप्त हुने खर्च ।
ख) स्वदेशी तथा विदेशी संस्थास“ग लागत सहभागिताको कार्यक्रमको खर्च ।
४.०२ कार्यक्रम भ्रमण खर्च ः यस अन्तरगत देहायका खर्चहरु पर्दछन ः–
क) गाउ“ विकास समितिका पदाधिकारी वा कर्मचारीको स्वदेश वा विदेशको तालिम र अवलोकन भ्रमण जस्ता कार्यक्रमको खर्च ।
ख) गाविसको कामको सिलसिलामा कार्यक्रममा भ्रमण गर्नु पर्दा वा कार्यक्रम कार्यान्वयनको सिलसिलामा काममा खटि“दा लाग्ने भ्रमण तथा भत्ता खर्च ।
४.०३ उत्पादन तथा सेवा खर्च ः यस शीर्षकमा देहायका खर्चहरु पर्दछन् ः–
क) गाविसले कच्चा पदार्थ तथा अन्य मालसामान आदि खरीद गरी त्यसमा थप भएको श्रम तथा उत्पादनसंग सम्बन्धित अन्य खर्च समेत प्रत्यक्ष रुपमा समावेश भै उत्पादित वा प्राप्त सामान पछि बिक्री वितरण गर्दा नगद प्राप्त हुने खालका सामानको मूल्य तथा ढुवानी सम्बन्धी खर्च ।
तर पू“जीगत सामान खरीद गरी प्रयोग हुने स्थान (गाविस) सम्म पु¥याउ“दा लागेको खर्च सम्बन्धित सामानकै मूल्यमा जोडी जिन्सी किताबमा समेत कायम गर्नु पर्नेछ ।
ख) गाविसले अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालय आदि जस्ता निकायबाट प्रदान गरिने वा विरामीको उपचारमा प्रयोग हुने औषधि खरीद गरी उपलव्ध गराउने औषधि सम्बन्धी खर्च ।
ग) गाविसले कुनै सार्वजनिक विद्यालय वा असहाय व्यक्तिलाई निशुल्क रुपमा उपलव्ध गराउने पुस्तक खरीद सम्बन्धी खर्च ।
घ) गाविसको सार्वजनिक सम्पत्ति जस्तै सडक, पुल, नहर, विद्युत, भवन आदिको नियमित मर्मत सम्भार खर्च तथा त्यस्ता सम्पत्तिको वीमा खर्च ।
९.०१ भैपरी आउने खर्च ः
यस रकम भित्र माथि उल्लेख गरिएको रकम नम्बरमा नपरेका वस्तु वा सेवामा गरिने चालू खर्चहरु पर्दछन् ।
तर यस शीर्षकमा अन्यत्रबाट रकमान्तर गराई खर्च गर्न पाइने छैन ।
११.१ ऋणको व्याज भुक्तानी ः
गाविसले लिएको आन्तरिक ऋणको व्याज भुक्तानी खर्च यस शीर्षकमा पर्दछ ।
१२.१ फिर्ता खर्च ः
यसमा गाविसले अदालतको निर्णयद्वारा फिर्ता गर्नु पर्ने रकम, कर, शुल्क तथा दस्तुर फिर्ता र सापटी फिर्ता सम्बन्धी खर्चहरु पर्दछन् ।
ख) पू“जीगत खर्च ः
यस रकम भित्र देहायको खर्च पर्दछ ः–
५. पू“जी ट्रान्सफर खर्च ः
५.०१ जग्गा खरीद ः जग्गा खरीद र अधिग्रहण सम्बन्धी खर्च र सो वापतको मूआव्जा तथा करहरु ।
५.०२ भवन खरीद ः तयारी भवन र त्यसले चर्चेको जग्गासमेत प्राप्त गर्दा लाग्ने र सो वापतको मुआब्जा र करहरु । तर नया“ भवन निर्माणको खर्च यसमा समावेश हु“दैन ।
६. पू“जी निर्माण खर्च ः
६.०१ फर्निचर ः गाउ“ विकास समितिको कार्यालयको प्रयोजनकोलागि खरीद भएको फर्निचरहरुको मोल र यस सम्बन्धी ढुवानी भाडा, वीमा, कर, भन्सार आदि खर्च ।
६.०२ सवारी साधन ः सवारीका साधनहरु (जस्तै जीप, मोटरकार, बस, ट्रक, मोटर साईकल, स्कूटर, साईकल ढुवानी सम्बन्धी काम गर्ने ट्र्याक्टर, गाडा तान्ने जनावरहरु बयल र घोडा आदि) खरीदको मोल । सवारी साधनको इञ्जिन नै बदली गरेमा सो मोल र सवारी साधन वा इन्जिन झिकाउ“दा लागेको भाडा भरौट, कर भन्सार, वीमा आदि खर्चहरु ।
६.०३ मेशिनरी औजार तथा अन्य उपकरण ः यसमा देहायमा उल्लिखित सामान खरीद गर्दा लाग्ने खर्च र यस्ता सामानहरुको मुख्य भाग नै बदली मर्मत गर्नु परेमा सो को खर्च तथा यी सबको लागि आवश्यक भाडा भरौट, शुल्क, कर, वीमा आदि खर्चहरु पर्दछन् ।
क) एक वर्षभन्दा बढी खप्ने हिटर, पंखा, टेलिफोन सेट र क्यालकुलेटर जस्ता सामान ।
ख) कार्यालय उपकरण जस्तै टाईपराइटर, क्यालकुलेटर, कम्प्यूटर, प्रिन्टर, सञ्चारका सामान आदि ।
ग) मेशिन औजारहरु जस्तै ट्याक्टर, निर्माण सम्बन्धी मेशिन आदि । तर माथि उल्लिखित सामानको खरीद मूल्य प्रति ईकाई एक हजार रुपैया“ भन्दा कम भएमा त्यस्ता खर्चहरु शीर्षक नम्बर २.०३ बाट खर्च लेख्नु पर्नेछ । यस्तो सामानको प्रयोग कहा“ भएको छ भनी स्पष्ट देखिने गरी लगत राख्नु पर्नेछ ।
६.०४ भवन निर्माण ः यस अन्तर्गत भवन, गोठ र टहरा निर्माण गर्न लाग्ने निम्नानुसारको सवै खर्च पर्दछ ः–
क) भवन निर्माण सम्बन्धी लागत खर्च ।
ख) भै रहेका भवनको कोठा तथा तला थप गर्ने खर्च ।
६.०५ सार्वजनिक निर्माण खर्च ः यस रकम भित्र भवन बाहेकका अन्य सम्पूर्ण निर्माण र पू“जीगत सुधार सम्बन्धी खर्च पर्दछन् । जस्तै सडक, पुल, विद्युत, खानेपानी, ढल, कुलो, वन, खानी सम्बन्धी आयोजना आदि जस्ता स्थायी सम्पत्तिका निर्माण खर्च । साथै देहायका खर्च समेत यसमा समावेश हुनेछन् ः
क) निर्माण सम्बन्धी लागत खर्च ।
ख) निर्माण कार्यसंग प्रत्यक्ष सम्बन्धित इन्धन खर्च ।
ग) नर्सरी निर्माण र वृक्षारोपण जस्ता खर्च ।
घ) बाटो र यस्तै स्थायी सम्पत्ति निर्माणको सम्पूर्ण खर्च ।
७.०१लगानी ः
यस अन्तर्गत गाविसबाट गरिने शेयर तथा ऋण लगानीका रकमहरु पर्दछन् ।
८. पू“जीगत अनुदान ः
पू“जीगत प्रकृतिको काम गर्न र पू“जीगत सम्पत्ति, पूर्वाधार संरचना आदि निर्माणका लागि प्रचलित कानून बमोजिम गाविसले उपलव्ध गराएका देहाय बमोजिमका पू“जीगत अनुदान सम्बन्धी खर्चहरु पर्दछन् ।
८.०१ सार्वजनिक संस्थालाई अनुदान ः यस अन्तर्गत फर्निचर, सवारी साधन, मेशिनरी औजार, भवन तथा जग्गा खरीद, भवन तथा सार्वजनिक निर्माण र सेवा तथा सामग्री उत्पादन वापत सार्वजनिक संस्था आदिलाई दिईने अनुदान सम्बन्धी खर्चहरु पर्दछन् ।
८.०२ सेवामूलक संस्थालाई दिईने अनुदान ः यस अन्तर्र्गत फर्निचर, सवारी साधन, मेशिनरी औजार भवन तथा जग्गा खरीद, भवन तथा सार्वजनिक निर्माण र सेवा तथा सामग्री उत्पादन वापत शिक्षण संस्था, दैवी प्रकोप पीडित व्यक्ति र मठ मन्दिर आदिलाई दिइने पू“जीगत अनुदान सम्बन्धी खर्चहरु पर्दछन् ।
९.२ भैपरी आउने खर्च ः
यस रकममा माथि उल्लेख गरिएको रकम नम्बरमा नपरेका खर्चहरु पर्दछन । तर यस शीर्षकमा खर्च गर्न पाइदैन । यस शीर्षकबाट अन्य शीर्षकमा रकम बा“डफा“ड गरी खर्च गर्नु पर्दछ ।
१०.१ ऋणको सा“वा भुक्तानी ः
गाविसले लिएको आन्तरिक ऋणको सा“वा भुक्तानी खर्च यस शीर्षकमा पर्दछ ।